इलन मस्कले गुगलका सह-संस्थापक सर्गेई ब्रिनको श्रीमतीसँगको सम्बन्धलाई अस्वीकार गरे

  • Technology Khabar | ९ श्रावण २०७९, सोमबार
इलन मस्कले गुगलका सह-संस्थापक सर्गेई ब्रिनको श्रीमतीसँगको सम्बन्धलाई अस्वीकार गरे

काठमाडौं ।

टेस्लाका सीईओ एलन मस्कले गुगलका सह-संस्थापक सर्गेइ ब्रिनकी पत्नी निकोल शानाहानसँगको सम्बन्धलाई अस्वीकार गरेका छन्।

वाल स्ट्रिट जर्नलले ब्रिनको श्रीमतीसँगको अफेयरका कारण ब्रिन र मस्कको मित्रता समाप्त भएको रिपोर्ट प्रकाशित गरेको थियो। उक्त रिपोर्टको मस्कले खण्डन गरेको बीबीले उल्लेख गरेको छ।

ट्विटरमा पोस्ट गरिएको समाचारको लिंकको जवाफ दिँदै मस्कले उक्त रिपोर्टलाई ‘टोटल बीएस’ भनेका छन्। मस्कले अझै पनि उनी ब्रिनको साथी रहेको बताएका छन्। उनीहरु हिजो राती सँगै पार्टीमा रहेको बीबीसीमा उल्लेख छ।

यस विषयमा परिचित व्यक्तिहरुलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्ननले मस्क गत वर्ष शानाहानसँग छोटो सम्बन्धमा रहेका थिए।

उक्त रिपोर्टलाई पुष्टी गर्ने आधार स्वरुप ब्रिनले यस वर्षको शुरुमा सम्बन्धविच्छेको प्रक्रिया अघि बढाएका थिए। दुई उच्च ओहोदानका टेक्नोलोजी अर्बपतिहरु बीचको लामो मित्रता अन्त्य भएको पत्रिकामा उल्लेख छ।

डिसेम्बरमा कथित अफेयरको समयमा, ब्रिन र उनकी पत्नी अलग भए पनि अझै पनि सँगै बसिरहेका वाल स्ट्रीट जर्नलले शानाहानको नजिकको व्यक्तिलाई उद्धृत गर्दै लेखेको छ।

एक अलग ट्विटमा मस्कले भने, ‘वाल स्ट्रिट जर्नलले म र टेस्लाका सम्बन्धमा धेरै बीए हिट चलाएको छ। मैले गन्न बिर्सिसकेको छु।’

उनीहरुबीच विवाह पूर्वको सम्भौता भए पनि ब्रिन र शानाहानले हाल सम्बन्धविच्छेको प्रक्रियामा छन्। सम्बन्धविच्छेको रकम १ बिलियन अमेरिकी डलर हुने पत्रिकाले उल्लेख गरेको छ।

प्रकाशित: ९ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free voice, data and SMS services in flood-affected areas by 7 days

  • Technology Khabar
  • ९ श्रावण २०७९, सोमबार