
काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई विद्यार्थीहरुलाई एसईई २०७८/७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएस सँग सम्झौता गरेको छ। एसईई विद्यार्थीले एसएमएस मार्फत एसईईको नतिजा हेर्न सक्नेछन्।
स्प्यारो एसएमएसआधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ। यो साझेदारीसँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा एसएमएस मार्फत आफ्नो एसईई नतिजा हेर्न सक्नेछन्।
विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी कम गर्ने उद्देश्यका साथ, स्प्यारो एसएमएसले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्ध गराउँछ। विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन्।
जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) का मुख्य कार्यकारी अधिकारी, मनोज थापा भन्छन्, “केहि सेकेन्ड भित्र आफ्नो मिहिनेतको नतिजा थाहा पाउनु जो कोहीका लागि पनि उत्साहजनक र रोमाञ्चक अनुभव हो। स्प्यारो (SPARROW) एसएमएस लाखौं विद्यार्थीहरूसँग आफ्नो सेवा मार्फत यी भावनाहरू साझा गर्न सक्षम भएकोमा गर्व गर्दछ। ”
एसईईको नतिजा २०७८/२०७९ एसएमएस मार्फत कसरी हेर्ने ?
तपाईको एसईई (एसएलसी) को नतिजा २०७८/२०७९ को एसएमएसमार्फत हेर्नको लागि निम्न चरणहरू पालना गर्नुहोस्।
१. आफ्नो मोबाइलको एसएमएस बाकसमा जानुहोस्।
२. नयाँ एसएमएस लेख्नुहोस्।
३.आफ्नो सिम्बल नम्बर टाईप गरेर एउटा स्पेस दिनुहोस्।
४. ३५००१ मा एसएमएस पठाउनुहोस्।
प्रकाशित: ९ श्रावण २०७९, सोमबार