
काठमाडौं ।
कल सेन्टरमार्फत ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ बाट डेढ सय युवा युवतीलाई पक्रेको छ।
प्रहरीले उक्त स्थानमा रहेको ब्लु स्काइ कल सेन्टरबाट ठगी गरेको आरोपमा डेढ सय युवा युवतीलाई पक्राउ गरेको हो।
सो कल सेन्टरबाट भारतीय नागरिकहरुलाई विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने गरेको उजुरीका आधारमा छापा परेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा चिट्ठा पर्यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको हो।
यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: ८ श्रावण २०७९, आईतवार