फेसबुकमा आईओएस र एन्ड्रोइड प्लेटफर्म

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
फेसबुकमा आईओएस र एन्ड्रोइड प्लेटफर्म

काठमाडौं ।

फेसबुकले आईओएस र एन्ड्रोइड दुई प्लेटफर्ममा उपलब्ध गराउने भएको छ।

जस अन्तर्गत पोस्ट देखिरहेको फेसबुकमा आफ्नो चाहना अनुसार रियल, स्टोरी र अन्य कन्टेनका लागि आईओएस र एन्ड्रोइड दुई प्लेटफम प्रयोगमा ल्याउन लागेको फेसबुकलाई उद्धृत गर्दै अमर उजालाले जनाएको छ।

नयाँ प्लेटफम आगामी हप्तासम्म विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध हुने फेसबुक सञ्चालन गर्ने मेटा कम्पनीले जनाएको छ ।

यद्यपि यो फिचर केही प्रयोगकर्ताले पाइसकेको समाचारमा जनाइएको छ ।

फेसबुकले आफ्ना मान्छे तथा साथीको जन्मदिन, विवाह तथा महत्पूर्ण कार्यको सूचना, पोष्ट तथा फिचर नछुटाउनका लागि सबैलाई अत्यावश्यक परेकाले नयाँ प्लेटफमले सबैलाई फिड ट्याबद्धारा जानकारी गराउने दाबी गरेको छ।

फेसबुकका प्रयोगकर्ता घट्नु र प्रतिद्वन्दीका रुपमा देखापरेका अन्य सामाजिक सञ्जालमा प्रयोगकर्ता लाग्नुले पनि भयका कारण पछिल्लो पटक रिल अप्सन पनि यसमा आएको थियो।

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार