कार्ड टु कार्ड रेमिट्यान्स प्राप्त गर्न सकिने

  • Technology Khabar | ६ श्रावण २०७९, शुक्रबार
कार्ड टु कार्ड रेमिट्यान्स प्राप्त गर्न सकिने

काठमाडौं ।

कार्ड टु कार्ड रेमिट्यान्स (विप्रेषण) प्राप्त गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् कार्ड टु कार्ड रेमिट्यान्स प्राप्त गर्न सक्ने गरी आवश्यक व्यवस्था गर्ने भएको हो।

मौद्रिक नीतिमा लेखिएको छ, ‘बैंकिङ भुक्तानी उपकरणमा विद्यमान विभिन्न विद्युतीय तथा डिजिटल कार्ड धारकले विदेशी बैंकबाट जारी यस्तै कार्डबाट नेपाली बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्डमा (Card to Card) विप्रेषण प्राप्त गर्नसक्ने गरी आवश्यक नीतिगत व्यवस्था गरिनेछ।

प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार