यी हुन् सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोनहरू

  • Technology Khabar | ६ श्रावण २०७९, शुक्रबार
यी हुन् सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोनहरू

काठमाडौं ।

प्रख्यात बेन्चमार्क एनटुटुका विकासकर्ताहरूले सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोनहरूको लागि नयाँ र्याङ्किङ जारी गरेका छन्।

फोनलाई ५% देखि १००% सम्म चार्ज गर्न कति समय लाग्छ भन्ने आधारमा र्याकिंग अर्थात श्रेणी निर्धारण गरिएको एनटुटुलाई उद्धृत गर्दै गीगचाइनाले जनाएको छ।

१२० वाट वा सोभन्दा बढी छिटो चार्ज गर्ने क्षमता भएका स्मार्टफोनहरू सबैभन्दा छिटो चार्ज गर्न क्षमता भएको र्याङ्किङमा उपलब्ध छन्।

जस अन्तर्गत नयाँ आईकू १० प्रो २०० वाट चार्जिङको साथ पहिलो स्मार्टफोन भएर शीर्ष स्थानमा रहेको छ। यो स्मार्टफोन, पूर्ण चार्जको लागि मात्र ९ मिनेट ४८ सेकेन्ड मात्र चाहिने भएको छ।

दोस्रोमा आईकू ९ प्रो १४ मिनेट ५१ सेकेण्ड, यसैगरी ब्ल्याक शार्क ५ को लागि चार्ज गर्ने समय १५ मिनेट ५३ सेकेण्ड रहेको छ।

आईकू ७ भने १४ मिनेट ५१ सेकेण्डमा चार्ज हुने गरी र्याङ्किङमा पुगेको एनटुटुका विकासकर्ताहरूको अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...