लोकेसन डाटा सेयर गर्ने बारेमा अमेरिकी मोबाइल अपरेटरहरू माथि अनुसन्धान गरिने

  • Technology Khabar | ५ श्रावण २०७९, बिहीबार
लोकेसन डाटा सेयर गर्ने बारेमा अमेरिकी मोबाइल अपरेटरहरू माथि अनुसन्धान गरिने

काठमाडौं ।

अमेरिकी मोबाइल अपरेटरहरूले कानून प्रवर्तकहरुलाई ग्राहकहरुको लोकेसन डाटा दिएकोमा नयाँ संघीय सञ्चार आयोग(एफसीसी) अनुसन्धानको सामना गर्नुपर्ने भएको छ।

अमेरिकी मोबाइल प्रदायकहरूलाई ग्राहकहरूको व्यक्तिगत डाटा सङ्कलन र साझेदारीको लागि तिनीहरूको नीतिहरू सार्वजनिक गर्न आदेश दिइएको टेलिकमपेपरले रिपोर्ट गरेको छ।

संघीय सञ्चार आयोगकी अध्यक्ष जेसिका रोजेनवर्सेलले शीर्ष १५ अमेरिकी मोबाइल सेवा प्रदायकहरूलाई उनीहरूको डाटा रिटेन्सन र गोपनीयता नीतिहरू र सामान्य अभ्यासहरूको बारेमा जानकारीको लागि अनुरोध गर्दै पत्र पठाईन्।

उनले आफू उपभोक्ताको सुरक्षा र गोपनीयताको बारेमा चिन्तित रहेको बताइन् र अपरेटरहरूलाई प्रतिक्रिया दिन अगस्ट ३ तारिखसम्मको समय दिएकी छन्।

रोजेनवर्सेलले एटी एण्ड टी, टी मोबाइल र भेराइजन लगायत अमेरिकाका शीर्ष १५ मोबाइल क्यारियरहरूलाई पत्रहरू पठाईन्। जसमा तिनीहरूको डाटा-रिटेन्सन नीतिहरूको बारेमा प्रश्नहरू सोधिएको छ भने सो जानकारी कसरी कानून लागूकर्ताहरुसँग साझेदारी गरिन्छ र यदि समान साझेदारी तेस्रो पक्षहरूसँग हुन्छ भने त्यसको बारेमा बताउन भनिएको छ।

प्रकाशित: ५ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार