युट्युब र टिकटक प्रतियोगिता हुँदै

  • Technology Khabar | ५ श्रावण २०७९, बिहीबार
युट्युब र टिकटक प्रतियोगिता हुँदै

काठमाडौं ।

राष्ट्रिय युवा परिषदले युट्युब र टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर परिषदले टिकटक तथा यूट्यूब भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।

सर्जकले सामाजिक चेतनामूलक भिडियो निर्माण गरी युट्युब तथा टिकटकमा प्रशारण गरी प्रतियोगितामा सहभागी जनाउन सक्नेछन्।

प्रतियोगितामा भाग लिनका लागि लागुपदार्थ दुर्व्यसन विरुद्धमा युवा, लैंगिक तथा जातीय विभेद र छुवाछुत विरुद्धमा युवा, धामी झाक्री बोक्सी जस्ता कुप्रथा विरुद्धमा युवालाई केन्दीत विषय हुनुपर्ने परिषदले जनाएको छ।

यस्तै छाउपडी प्रथा, रजस्वला समयमा गरिने भेदभाव र छुवाछुत विरुद्धमा युवा, वन्यजन्तु तथा वातावरण संरक्षणमा युवा, जंक फुड विरुद्धमा युवा, भ्रष्टचार विरुद्ध तथा सुशासनको लागि युवा, युवा स्वरोजगार तथा

उद्यमशीलता प्रवद्र्धनमा युवा सहित ८ वटा विषयहरु प्रतियोगिताका लागि छनोट भएका छन्।

प्रतियोगितामा भाग लिन चाहानेले टिकटक तथा युट्युब निर्माण गर्न इच्छुक व्यक्ति तथा समुहले एक विषय वा एक भन्दा बढी विषयमा टिकटक तथा युट्युब निर्माण गरि आफ्नैमा अपलोड गरि सहभागि हुन पाउनेछन्।

सहभागिका लागि अपलोड लिंक युवा परिषदको वेबसाइडमा राखिएको गुगल फर्ममा भएका विवरण सहित उपलब्ध गराउनुपर्नेछ। ३ मिनेट देखि ५ मिनेटको सामाग्री निर्माणमा भाग लिने युवा (१६-४० वर्ष) नै हुनुपर्ने परिषदले सूचनाद्वारा जानकारी गराएको छ।

साउन २२ गतेसम्मको मिति तोकिएको युट्युव प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैया, दोस्रोले ३०, तेस्रोले २० र चौथो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। टिकटक प्रतियोगितामा प्रथमले ३०, दोस्रोले २० तेस्रोले १५ र चौथो हुनेले १० हजार रुपैयाँ पाउने परिषदले जनाएको छ।

अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२का दिन संसारभर मनाईन्छ। नेपालमा २०५७ सालदेखि युथ इनिसियटिभ संस्थाद्वारा सरकारलाई सहभागिता गराई नेपालमा युवा दिवस मनाउन थालेको हो। यो वर्ष नेपाली समयानुसार यही साउन २७ गते अन्तराष्ट्रिय युवा दिवस परेको छ।

युथ इनिसियटिभकै अभियानमा सरकारद्वारा २०७२ सालमा राष्ट्रिय युवा परिषदको निर्माण भएको हो।

प्रकाशित: ५ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार