टेलिकमका ग्राहकहरुले राखेको धरौटी रकम अब एडभान्स भुक्तानीमा गणना

  • Technology Khabar | ५ श्रावण २०७९, बिहीबार
टेलिकमका ग्राहकहरुले राखेको धरौटी रकम अब एडभान्स भुक्तानीमा गणना

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले अब ग्राहकहरुले राखेको धरौटी रकमलाई ग्राहकको बिलमा समावेश गरेर एडभान्स भुक्तानीको रुपमा कायम गर्ने भएको छ।

कम्पनीले बितरण गरेको सिडिएमए, पिएसटिएन, एफटीटीएच, आईएसडीएन, टोलफ्री र भीस्याटलगायतका पोस्टपेड सेवाका लागि राखेका धरौटी रकमलाई एडभान्सका रुपमा लिने भएको छ।

कम्पनीका उक्त सेवाहरु जडान गर्दा हाल कायम रहेको धरौटी सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी सोही बराबरको रकमलाई एडभान्सका रुपमा लिने व्यवस्था यहि २०७९ साउन १ गतेदेखि लागू गरेको जानकारी दिएको छ।

यसको अर्थ ग्राहकहरुले राखेको धरौटी रकमलाई नै भुक्तानी रकमको रुपमा लिने हुँदा ग्राहकहरुलाई सहज हुनसक्नेछ।

टेलिकमको नयाँ नियम साबिकका ग्राहकहरुको नम्बरमा भएको धरौटी रकम समेतमा लागू भएको जनाएको छ।

प्रकाशित: ५ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार