चीनले अन्तरिक्षमा नयाँ खाद्य पदार्थ सिर्जना गर्यो

  • Technology Khabar | ५ श्रावण २०७९, बिहीबार
चीनले अन्तरिक्षमा नयाँ खाद्य पदार्थ सिर्जना गर्यो

काठमाडौं ।

चीनले अन्तरिक्षणमा सिर्जना गरेको गहुँको खेती शुरु गरेको छ। चीनले अन्तरिक्षमा सिर्जना गरेको लुयुयान ५०२ भनिने गहुँको खेती शुरु गरेको हो।

यो चीनमा दोस्रो सर्वाधिक उत्पादन हुने गहुँको प्रकार भएको बीबीसीले उल्लेख गरेको छ। यी विरुवाको बीउ पृथ्वी सतहभन्दा ३४० किलोमिटर माथि अर्बिटमा उमारिएको थियो।

अन्तरिक्ष र हाम्रो ग्रहको सुरक्षात्मक चुम्बकीय ढाल बाहिर कम गुरुत्वाकर्षण वातावरणमा बीउको डीएनएमा सूक्ष्म परिवर्तन गरिएको थियो। जसबाट उक्त विरुवामा नयाँ विशेषता उत्पन्न भएको छ। जसबाट यी विरुवाहरु खडेरी, अधिक बर्षात र रोक प्रतिरोधात्मक क्षमता बढी छ।

यो हाम्रो ग्रहको परिक्रममा गर्ने अन्तरिक्ष यान र अन्तरिक्ष स्टेशनमा प्रजनन गरिएका महत्वपूर्ण खाद्य बालीहरुको नयाँ प्रजातिहरु हुन्।

वैज्ञानिकहरुले केही समयका लागि बीउलाई अन्तरिक्षमा पठाउने निर्णयबाट नयाँ प्रजातीको विरुवा उत्पादन गर्न सम्भव भएको हो।

उक्त निर्णय आगामी वतावरणमा तीब्र गतिमा विकास हुनेछ। यसका माध्यमबाट बढ्दो जनसंख्याको भोजन सम्बन्धी आवश्यकता पूर्ती गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

बाली कसरी हुर्कन्छ?

अन्तरिक्षमा पठाइएको बीउ माइक्रोग्रेभिटीमा बस्छ। त्यहाँ बीउहरु वेल्ड मोटोमा ब्रह्माण्डीय किरहरुको सामना गर्छन्। यो विरुवा विकास र परिर्वनको एक धेरै गतिशील प्रक्रिया हो। यस प्रक्रियालाई स्पेस म्युटाजेनेसिस भनिन्छ।

केही म्युटेन विरुवाहरु बढ्न असक्षम हुन्छन् भने बाँकी लाभदायक हुन सक्छन्। केही विरुवाहरु कडा र खराब अवस्था सामना गर्न सक्षम छन्। ती विरुवाहरु धेरै फल उत्पादन दिने र छिटो बढ्ने पनि हुन सक्छन्।

जब तिनहरुलाई पृथ्वीमा फकाइन्छ। स्पेस ब्रेड विरुवाहरुको बीउलाई ध्यानपूर्वक परीक्षण गरेर नयाँ प्रजाती बनाइन्छ।

बढ्दो जनसंख्याका कारण बढ्दो खाद्य अभावलाई पूर्ती गर्न अन्तरिक्षमा प्रजनन गरिएको बीउ उपयोगि हुन सक्छ।

प्रकाशित: ५ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार