ट्विटर सम्बन्धी विवादको फैसला फेब्रुअरी २०२३ सम्म लम्याउन मस्कको अदालतसँग आग्रह

  • Technology Khabar | २ श्रावण २०७९, सोमबार

काठमाडौं ।

टेस्लाका सीईओ इलोन मस्कले ट्विटर सम्बन्धी विवादको फैसला फेब्रुअरी २०२३ सम्म लम्याउन अदालतसँग आग्रह गरेका छन्।

मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद सम्झौता अघि बढाउन खोजेका थिए। तर ट्विटरमा धेरै फेक एकाउन्ट रहेको भन्दै उनी खरिद नगर्ने निर्णयमा पुगेका थिए।

खरिद सम्झौता खारेज गर्नका लागि मस्कले धम्कीपूर्ण सन्देश पठाएको आरोपमा ट्विटर अदालत पुगेको हो।

अमेरिकाको डेलावेयरस्थित चान्सरी कोर्टमा मुद्दा लगाउँदै ट्विटरले मस्कले व्यापार नियमहरु विरुद्ध वाचा उल्लङ्घन गरेकाले जतिसक्दो चाँडो सम्झौता पूरा गर्न माग गरेका थिए। यद्यपी उनले नक्कली खाताहरू/ ह्यान्डलहरूको बारेमा ट्विटरले जानकारी नदिएकाले सम्झौता पूरा हुन नसक्दा उत्पन्न भएको विवाद अदालत पुगेको हो।

विवादका दुवै पक्षले फरक मुद्दा फैसलाका लागि फरक फरक आफ्नै समयमा जोड दिएका छन्। ट्वीटरले सेप्टेम्बरको अन्त्य अघि सम्पन्न हुने चार दिने ट्रायलको लागि आग्रह गरेको थियो।

मस्कले ट्विटरका सीईओ पराग अग्रवाललाई चेतावनी पत्र पठाइएको विवरण बाहिर आएसी विवाद अदालत पुगेको हो।

प्रकाशित: २ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार