दूरसञ्चार प्राधिकरणकी उप निर्देशक बाशुकला आरएसटीसीएको सबैभन्दा प्रभावशाली व्यक्तिमा मनोनित
Technology Khabar | २ श्रावण २०७९, सोमबार
Loading...
Shares
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणकी डेपुटी डाइरेक्टर रोजा किरण बाशुकला आरएसटीसीएको २०२२ को सबैभन्दा प्रभावशाली व्यक्तिको लागि नोमिनेट भएकी छन्।
आरएसटीसीएले उनलाई यो वर्षको व्यवसायीक महिलाको क्याटगोरीमा नोमिनेट गरिएको हो ।
सूचना प्रविधिको क्षेत्रमा सक्रिय रहँदै आएकी बाशुकला राष्ट्रिय सूचना प्रविधि अवार्डबाट समेत सम्मानित भईसकेकी छन्।
सो अवार्डमा सामाजिक अभियन्ता, मानवअधिकारबादी, उद्यमी, व्यवसायी, लगायतलाई समेत अवार्ड प्रदान गरिने बताईएको छ। त्यसको लागि आफ्ना मनपर्ने मनोनित प्रतिस्पर्धीहरुलाई भोट गरेर जिताउन सकिने बताईएको छ।