ट्विटर सम्झौता रद्द गर्नुअघि पराग अग्रवाललाई इलन मस्कको धम्कीपूर्ण पत्र

  • Technology Khabar | १ श्रावण २०७९, आईतवार
ट्विटर सम्झौता रद्द गर्नुअघि पराग अग्रवाललाई इलन मस्कको धम्कीपूर्ण पत्र

काठमाडौं ।

ट्विटर सम्झौता रद्द हुनु टेस्लाका सीईओ इलन मस्कको तर्फबाट ट्विटरका सीईओ पराग अग्रवाललाई चेतावनी पत्र पठाइएको विवरण बाहिर आएको छ।

अन्तराष्ट्रिय समाचार संस्थाकानुसार इलन मस्कले ट्वीटरका वकिलहरूले सम्झौता पूरा गर्न समस्या सिर्जना गरेको आरोप लगाएका छन्।

४४ अर्ब डलरमा ट्विटर किन्न इलन मस्कसँग सम्झौता भएपनि एलोन मस्कले तत्कालका लागि रद्द गरेका हुन्। इलन मस्कको यस्तो निर्णयविरुद्ध ट्विटरले मस्कमाथि मुद्दा लगाएको प्रष्ट भएको छ।

अमेरिकाको डेलावेयरस्थित चान्सरी कोर्टमा मुद्दा लगाउँदै ट्विटरले एलोन मस्कले व्यापार नियमहरु विरुद्ध वाचा उल्लङ्घन गरेकाले जतिसक्दो चाँडो सम्झौता पूरा गर्न माग गरेका छन्। यद्यपी इलन मस्कले नक्कली खाताहरू /ह्यान्डलहरूको बारेमा ट्विटरले जानकारी नदिएकाले सम्झौता पूरा हुन नसक्ने जनाएका छन्।

पछिल्लो समय यो विवाद समाधान हुनुको सट्टा प्रतिस्पर्धा स्वरुप समाचार संस्थाहरुको हेडलाइन बनिरहेको सामाजिक सञ्जालहरुले जनाएका छन्।

इलन मस्कको ट्विटर डिल रद्द गर्नुअघि धम्कीपूर्ण सन्देश पठाएको आरोप समेत लागेको छ।

प्रकाशित: १ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...