दूरसञ्चार सेवा दस्तुर ३ प्रतिशत घट्यो, एनसेलको महशुलमा नयाँ दस्तुर लागू

  • Technology Khabar | १ श्रावण २०७९, आईतवार
दूरसञ्चार सेवा दस्तुर ३ प्रतिशत घट्यो, एनसेलको महशुलमा नयाँ दस्तुर लागू
Ncell corporate office in Lainchour, Kathmandu

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा साउन १ गते आजदेखि नयाँ दर लागू हुने भएको छ।

नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागु हुने गरी १० प्रतिशत गरेसँगै कम्पनीले पनि सोहीअनुसार हुने जानकारी दिएको हो।

कम्पनीले उपलब्ध गराइरहेको साधारण महसुल दर अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा अन्य सेवाहरुको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने भएको हो।

“यस कम्पनीबाट उपलब्ध गराईने दूरसञ्चार सेवामा ग्राहकहरुबाट लिने महशुलमा २०७९ साउन १ गतेदेखि लागू हुने गरी दूरसञ्चार सेवा दस्तुर १० प्रतिशत कायम गरिने,” एनसेलको सूचनामा भनिएको छ।

यसअघि नेपाल टेलिकमले पनि आजैदेखि दूरसञ्चार सेवा दस्तुर १० प्रतिशत कायम हुने जनाएको थियो।

प्रकाशित: १ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...