
काठमाडौं ।
भिडियो गेम खेल्ने व्यक्तिको निर्णय लिन सक्ने क्षमता भिडियो खेम नखेल्नेको तुलनामा अधिक सटीक र तीब्र हुने देखिएको छ। जर्जिया स्टेट यूनिभसिटीको नयाँ रिसर्च रिपोर्टले उक्त कुरा देखाएको ग्याजेड३६०ले उल्लेख गरेको छ।
अध्ययन अनुसार गेमर्सको दिमागको प्रमुख क्षेत्रमा उच्च सेन्सरिमोटर डिसीजन मेकिङ स्किल्स हुने पत्ता लागेको छ। अध्ययनका लागि अनुसन्धानकार्ताले फङसनल म्यागनेटिक इम्याजिन (एफएमआई) प्रयोग गरेका थिए। अध्ययनका अनुसार भिडियो गेम सटीक र तीब्र निर्णय लिनका लागि दिमागलाई तालिम दिने एक उपयोगी मध्यम साबित हुन सक्ने बताइएको छ।
न्यूज एजेन्सी एएनआईका अनुसार जर्जिया स्टेट डिपार्टमेन्ट अफ फिजिक्स एण्ड एस्ट्रोनोमी तथा यूनिभर्सिटीको न्यूरोसाइन्स इस्टीच्यूअटका एसोसिएट प्रोसेसर, लिडर रिसर्चर मुकेश धमालाले भने, ‘हाम्रा अधिकांश युवाहरुले हरेक हप्ता तीन घण्टाभन्दा बढी भिडियो गेम खेल्छन्, निर्णय गर्ने क्षमता र मस्तिष्कमा लाभकारी प्रभावहरु ठ्याक्कै थाहा छैन।’
उनले थपे, ‘हाम्रो कामले त्यसमा केही उत्तर दिन्छ। भिडियो गेम खेल्ने प्रभावकारी ढंगबाट प्रशिक्षणका लागि उपयोग गर्न सकिन्छ। उदारणका लागि निर्णय लिनका लागि एफिसिएन्सी ट्रेनिङ र चिकित्सीय हस्तक्षेप-एक पटक प्रासंगित मस्तिष्क नेटवर्क पहिचान भए पछि।’
धमला पेपरका प्रमुख लेखक टिम जोर्डनका सल्लाहकार थिए। जसले यस्तो अनुसन्धानले मस्तिष्कलाई तालिम दिन भिडियो गेमको प्रयोगलाई कसरी सूचित गर्न सक्ने व्यक्तिगत उदाहरण पनि प्रस्तुत गरे।
सन् २०२१ मा जर्जिया राज्यबाट भौतिकशास्त्र र खगोल विज्ञानमा पीएचडी प्राप्त गरेका जोर्डनको बाल्यकालमा एउटा आँखा कमजोर थियो।
उनी करिब ५ वर्षको हुँदा एउटा अनुसन्धान अध्ययनको भागको रुपमा उनको कमजोर आँखालाई बलियो बनाउने उपायको रुपमा राम्रो आँखा छोपेर र भिडियो गेम खेल्न भनिएको थियो। जोर्डनले भिडियो गेम प्रशिक्षणबाट एउटा आँखा पूर्ण रुपमा अन्धो हुनबाट बचाउन र भिजुअल प्रोसेसिङ क्षमता मजबूत बनाउन मद्दत भएको बताए। जसबाट उनले लैक्रोस र पेन्टबल खेल्न सके। हाल उनी यूसीएलएमा पोस्टडाक्टर अनुसन्धानकर्ता छन्।
जर्जिया स्टेट अनुसन्धान परियोजनामा ४७ कलेज उमेर समूहलाई सहभागीता गराइएको थियो जसमा २८ नियमित भिडियो गेम खेल्न र १९ भिडियो गेम नखेल्ने थिए।
सहभागीहरुलाई एफएमआरआई मेसिन भित्र सिसामा राखिएको छ। जसमा उनीहरुलाई एक क्यू देखाइएको थियो। सहभागीहरुलाई थोप्लाहरु चलिरहेको दिशा संकेत गर्न आफ्नो दाहिने वा बायाँ हातमा रहेको बटन थिच्न भनिएको थियो। कुनै हलचल नभएको समयमा कुनै पनि बटन नथिच्न अनुरोध गरिएको थियो।
भिडियो गेम खेल्नेहरुको प्रक्रियाहरु छिटो र अधिक सटीक रहेको अध्ययनले पत्ता लगाएको छ।
प्रकाशित: ३१ असार २०७९, शुक्रबार