पेरिस्कोप लेन्स आईफोन १५ प्रो म्याक्समा मात्र आउने

  • Technology Khabar | ३१ असार २०७९, शुक्रबार
पेरिस्कोप लेन्स आईफोन १५ प्रो म्याक्समा मात्र आउने

काठमाडौं ।

एप्पलले चिर प्रतीक्षित पेरिस्कोप लेन्स आईफोन १५ प्रो म्याक्समा मात्र ल्याउने भएको छ।

विश्लेषक मिङ चि कुओले हालै उक्त फिचर अर्को वर्ष सार्वजनिक हुने आईफोन १५ प्रो म्याक्समा मात्र उपलब्ध हुने बताएका हुन्।

यस हिसाबले हेर्दा त्यसभन्दा तलको भेरियन्टमा पुरानै टेलि लेन्स रहने बुझ्न सकिन्छ।

कुओका अनुसार पेरिस्कोप लेन्समा ६x जूमका साथै १२ मेगापिक्सेलको सेन्सर शिफ्ट स्टेबिलाइजेशनयुक्त १/३ इन्चको सेन्सर रहने छ।

पेरिस्कोप लेन्सको हार्डवेयरका लागि सामान्य टेलि लेन्सको तुलनामा धेरै ठाउँ चाहिने भएकाले साना प्रो मोडलमा यो राख्न सम्भव नहुने बुझिएको छ। यस हिसाबले कम्पनीले कम्तीमा पनि ६.१ इन्चको डिस्प्ले राख्ने आकलन गरिएको छ।

कुओले यो बाहेक २०२४ मा आउने आईफोन १६ प्रो मोडलहरुमा पनि पेरिस्कोप लेन्स रहने अनुमान गरेका जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३१ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार