
काठमाडौं ।
भूकम्प प्रभावित ४ जिल्लाहरुमा इन्टरनेट सेवाको नेटवर्क नै संचालनमा नभएपनि भुक्तानी गरिएको खुलासा भएको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनअनुसार भूकम्प प्रभावित ४ जिल्लाहरु काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका ७४७ साइटमा नेटवर्क जडान गर्न एक कम्पनीसँग २०७४ बैशाख २१ गते २१ करोड १६ लाख ७५ हजार रुपैयाँमा सम्झौता भएको थियो ।
सोहि सम्झौताअन्तरगत कम्पनीले १८ करोड १४ लाख ७४ हजार रुपैयाँ भुक्तानी नेपाल दूरसञ्चार प्राधिकरणबाट लगिसकेको छ ।
तर सेवा प्रदायकले सम्पन्न गरेको ७४७ साइटको स्थलगत अनुगमनबाट उक्त सबै साइटमा नेटवर्क संचालनमा नरहेको र निशुल्क नेटवर्क सेवा दिनुपर्ने अवधि समाप्त भएको प्रतिवेदन प्राप्त भएको छ।
प्राधिकरणलाई महालेखापरीक्षकको कार्यालयले सम्झौताको शर्तअनुसार कार्य सम्पन्न गर्न सेवा प्रदायकलाई ऐन र सम्झौता बमोजिम कारबाही गर्न भनेको छ।
स्मरण रहोस् ती ४ जिल्लाहरुमा सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले सेवा पुर्याउन प्राधिकरणसँग सम्झौता गरेको थियो।
सम्झौताअनुसार सेवा प्रदायकले २ वर्षसम्म निशुल्क नेटवर्क सेवा प्रदान गर्नुपर्ने उल्लेख छ।
सम्बन्धित समाचार–
प्रकाशित: ३० असार २०७९, बिहीबार