
काठमाडौं ।
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेको “हवाई टिकट काटौं सुन चाँदी जितौं” योजना अन्तर्गत सुनको सीक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ।
जस अन्तर्गत पहिलो दुइ साता को एक भाग्यशाली बिजेता सन्देश श्रेष्ठ भएका छन भने दोस्रो दुइ साता को एक भाग्यशाली बिजेता राम पुकार महतो भएका छन् । दुबै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ र जनकपुरबाट काठमाडौँको हवाई टिकेट काटेको कम्पनीले जनाएको छ ।
योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरु मध्य चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको बिजेताको नाम आइएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणा अन्तर्गत घोषणा भइसकेको बताईएको छ।
जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाईल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकेट काट्नु भएका यात्रुहरु मध्य योजना अवधिभरी हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएको जारी विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: ३० असार २०७९, बिहीबार