मोबाइल चोरीमा संलग्नबाट चोरिएका २९ थान मोबाइल र ८० राउण्ड गोली बरामद

  • Technology Khabar | ३० असार २०७९, बिहीबार
मोबाइल चोरीमा संलग्नबाट चोरिएका २९ थान मोबाइल र ८० राउण्ड गोली बरामद
Global IME Bank

काठमाडौं ।

झापाका बिभिन्न स्थानमा मोबाइल चोरीमा संलग्न भद्रपुर नगरपालिका–५ का १८ बर्षिय मोहमद प्यारेको साथबाट ८० राउण्ड गोली प्रहरीले बरामद गरेको छ।

भद्रपुरमा राजु अग्रवालले सञ्चालन गरेको प्रियंका मोवाइल पसलमा विभिन्न कम्पनीका मोबाइल चोरी भएपछि प्रहरीले प्यारेको घरमा छापा मारेको थियो। प्रहरीले उनको घरमा गाडेको अवस्थामा सो परिणामको गोलीसहित विभिन्न कम्पनीका मोवाइल र चार्जर फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीमा ५ लाख १८ हजार २ सय रुपियाँ बराबरको सामान चोरी भएको भनी उजुरी परेको थियो।

खोज्नेक्रममा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ। उनीबाट चोरिएका २९ थान मोबाइल, २ थान घडी र ६१ हजार ५०० रुपियाँ नगद र चोरीमा प्रयोग गर्ने रडलगायातका सामग्री फेला पारेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० असार २०७९, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार