चार पांग्रे ईभीबाट चार खुट्टे रोबोटमा जाँदै ‘एक्सपेङ’

  • Technology Khabar | ३० असार २०७९, बिहीबार
चार पांग्रे ईभीबाट चार खुट्टे रोबोटमा जाँदै ‘एक्सपेङ’

काठमाडौं ।

एक्सपेङ इंकको सहायक कम्पनी एक्सपेङ रोबोटिक्सले रोबोट बनाउनका लागि पुँजी कोष वृद्धि गरेको छ।

रोबोटिक्समा पुराना लगानीकर्ताहरुले १० करोड अमेरिकी डलर बराबरको लगानी थप गरेका हुन्।

नयाँ वित्तीय सहायतालाई एक्सपेङ रोबोटिक्सले रोबोटको हार्डवेयर र सफ्टवेयरको अनुसन्धान तथा विकासका लागि उपयोग गर्नेछ।

इलेक्ट्रेकका अनुसार एक्सपेङले आगामी दुई वर्षमा कुकुर जस्तै रोबोट बजारमा ल्याउने छ।

एक्सपेङ इलेक्ट्रिक कार उत्पादनका लागि चर्चित छ। हाल कम्पनी छैटौं पुस्ताको फ्लाइङ कार निर्माणमा केन्द्रित छ। उक्त कार सन् २०२४ सम्म निर्माण हुनेछ।

एक्सपेङ रोबोटिक्स मानव समाजका लागि स्मार्ट रोबोट निर्माण गर्ने उद्देश्य सहित सन् २०१६ मा स्थापना गरिएको हो।

कम्पनीमा आबद्ध ३ सयभन्दा धेरै कर्मचारी रिसर्च एण्ड डेभलपमेन्ट, रोबोट पावरट्रेन, लोकोमोटिभ कन्ट्रोल, अटोनोमी, रोबोट इन्टरएक्सन र आर्टिफिसियल इन्टेलिजेन्समा केन्द्रित छन्।

गत वर्ष अक्टोबरमा आयोजित एक्सपेङ २०२४ टेक डेमा कम्पनीले आटिर्फिसियल इन्टेलिजेन्सयुक्त घोडाको बच्चा (पोनी)का रुपमा ३६० डिग्री पेरिफेरल क्यामरा र लाईडर सेन्सिङ सिस्टम जडित वस्तु ध्वनि क्षेत्र पहिचान गर्न सक्ने स्मार्ट रोबोट प्रविधि प्रस्तुत गरेको थियो।

प्रकाशित: ३० असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

अब एटीएमबाट १ सय रुपैयाँका नोट पनि पाइने

  • Technology Khabar
  • ३० असार २०७९, बिहीबार