चीनमा पहिलो अर्धवार्षिकमा ईभी चार्जिङ केन्द्रको संख्या बढ्यो

  • Technology Khabar | २९ असार २०७९, बुधबार
चीनमा पहिलो अर्धवार्षिकमा ईभी चार्जिङ केन्द्रको संख्या बढ्यो
सांकेतिक तस्बिर

काठमाडौं ।

गत वर्षको सोही अवधिको तुलनामा २०२२ को पहिलो ६ महिनामा चीनमा विद्युतीय सवारी साधन (ईभी) का लागि नयाँ सार्वजनिक चार्जिङ केन्द्रको संख्या २२८.४ प्रतिशतले बढेको उद्योग संघको तथ्यांकले देखाएको छ।

चाइना इलेक्ट्रिक भेहिकल चार्जिङ इन्फ्रास्ट्रक्चर प्रमोशन एलायन्स (ईभीसीआईपीए) ले यस वर्षको पहिलो महिनामा नयाँ निजी इभी चार्जिङ केन्द्रको संख्या ५११.३ प्रतिशतले बढेको जनाएको छ।

जून महिनाको अन्त्यमा चीनमा कुल ३.९२ मिलियन ईभी चार्जिङ पाइल रहेको थियो, जुन वर्षको तुलनामा १०१.२ प्रतिशतले बढेको ईभीसीआईपीएले जनाएको छ। सिन्ह्वा

प्रकाशित: २९ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार