क्यानडामा इन्टरनेट आउटेज प्रभावित ग्राहकलाई रोजर्सले क्षतिपूर्ति दिने

  • Technology Khabar | २९ असार २०७९, बुधबार
क्यानडामा इन्टरनेट आउटेज प्रभावित ग्राहकलाई रोजर्सले क्षतिपूर्ति दिने

काठमाडौं ।

क्यानडाको मोबाइल तथा इन्टरनेट रोजर्सले इन्टरनेट आउटेज प्रभावित लाखौं ग्राहकलाई क्रेडिट उपलब्ध गराउने भएको छ।

गत हप्ता देशैभर उक्त सेवा प्रदायकको इन्टरनेट १५ घण्टासम्म अबरुद्ध भएको थियो।

मंगलबार कम्पनीले विज्ञप्ति जारी गर्दै प्रभावित सबै ग्राहकलाई ५ दिन बराबरको सेवा क्षतिपूर्ति दिने बताएको छ।

१५ घण्टासम्म लगातार इन्टरनेट सेवा बन्द हुँदा यातायात, बैंकिङ तथा आकस्मिक सेवाहरु प्रभावित भएका थिए।

नियामकहरुले १ करोडभन्दा बढी ग्राहक भएका देशकै ठूलोमध्येको एक उक्त कम्पनीलाई आउटेज किन र कसरी भएको भन्ने सम्बन्धमा विवरण पेश गर्न आदेश पनि दिएका छन्।

सम्बन्धित समाचार

क्यानाडामा रोजर्सको सर्भिस आउटेजले अर्को अपरेटर शो अधिग्रहण गर्न समस्या

१९ घण्टापछि पुनः शुरु भयो क्यानाडेली अपरेटरको इन्टरनेट सेवा

बीबीसीका अनुसार कम्पनीले देशभरका ग्राहकबाट उक्त आउटेजले के कस्तो असर पार्यो भन्ने सम्बन्धमा धारणाहरु संकलन गरिरहेको छ।

प्रकाशित: २९ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार