
काठमाडौं ।
ट्विटरमा अब प्रयोगकर्ताले आफैं ट्याग हटाउन सक्ने भएका छन्।
कम्पनीले हालै ल्याएको एनिमेसन फिचरमार्फत् प्रयोगकर्ताहरूले आफूले भाग लिन नचाहेको ट्याग तथा सूचनाहरुबाट आफूलाई सहजै हटाउन सक्नेछन्।
माइक्रोब्लगिङ साइट ट्विटरले ल्याएको एनिमेसन फिचरमार्फत् प्रयोगकर्ताहरूले आफ्नो इच्छा अनुसार अनावश्यक भाग हटाउन सक्षम हुनुका साथै सूचना थ्रेड पनि बन्द गर्न सक्ने अमरउजालाले उल्लेख गरेको छ।
जुलाई महिनामै अन्य प्रयोगकर्ताहरूले एउटै थ्रेडमा पुन: ट्याग गर्न नसक्ने तथा ब्लू सब्स्क्राइबरहरूलाई एन्ड्रोइड उपकरणहरूमा आफ्नो एपमा नेभिगेसन बार परिवर्तन गर्ने विकल्प पनि ट्विटरले उपलब्ध गराइसकेको छ।
गत जुन महिनामा आईओएस र एन्ड्रोइडमा भिडियो प्लेयरका लागि क्याप्शन टगल गर्ने बटन सार्वजनिक गरेको थियो।
प्रकाशित: २८ असार २०७९, मंगलवार