
काठमाडौं ।
संयुक्त अधिराज्यको वेल्समा निर्माण गरिएको पहिलो स्याटेलाइट यसै वर्षको अन्त्य प्रक्षेपण गरिने भएको छ।
स्पेस फोर्जको उक्त स्याटेलाइट कार्डिफको रम्नीमा रहेको फ्याक्ट्रीमा निर्माण गरिएको बीबीसीले जनाएको छ।
यो आगामी वर्ष प्रक्षेपण गरिने योजना भएको पुन फर्किने र पुनर्नवीकरणीय स्याटेलाइटका लागि परीक्षण मात्र हुने बुझिएको छ।
यो प्रक्षेपण भर्जिन अर्बिट अन्तर्गत हुने र यसमा पृथ्वीबाट १ हजार किलोमिटरमाथि लो अर्थ अर्बिटमा थुप्रै स्याटेलाइट हरु परिचालन गरिनेछ।
स्पेस फोर्जले विश्वकै पहिलो फिर्ता हुने र पुनर्नवीकरणीय स्याटेलाइट प्लेटफर्म सिर्जना गर्न लुमी स्पेस नामक अन्तरिक्षको अवस्थासम्बन्धी सचेतना फैलाउने कम्पनीसँग साझेदारी गरेको छ।
न्यूक्वेको कर्नवालबाट प्रक्षेपण हुने यस वर्षको स्याटेलाइट भने पृथ्वीमा नफर्कने जनाइएको छ। स्पेसफोर्जका सीईओ जोशुआ वेस्टर्नले पृथ्वीमा फर्कने स्याटेलाइटको प्रक्षेपण आगामी वर्षका लागि तय भएको निश्चित गरेका छन्।
प्रकाशित: २९ असार २०७९, बुधबार