नेपाल टेलिकमले ल्यायो ‘सजिलो अनलिमिटेड प्रिपेड प्याक’

  • Technology Khabar | २८ असार २०७९, मंगलवार
नेपाल टेलिकमले ल्यायो ‘सजिलो अनलिमिटेड प्रिपेड प्याक’

काठमाडौं ।

नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत प्रिपेड प्रयोगकर्ताको लागि ‘सजिलो अनलिमिटेड प्रिपेड प्याक’ नामक नयाँ अफर ल्याएको छ।

यस अफर अन्तर्गत अब नेपाल टेलिकमका प्रिपेड प्रयोगकर्ताहरूले अनलिमिटेड भ्वाइस कल गर्न सक्नेछन्।

यो अफर लिएपछि ५ सय ९९ रुपैयाँमा नेपाल टेलिकमकै नम्बरमा अनलिमिटेड भ्वाइस कल गर्न सकिने तथा नेपाल टेलिकम बाहेक अन्य नेटवर्कमा २५० मिनेटसम्म भ्वाइस कल गर्न पाइने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नयाँ सेवा सबै प्रिपेड प्रयोगकर्ताका लागि उपलब्ध हुने र एक पटक सुरु गरेपछि २८ दिनसम्म मान्य हुने बताइएको छ। यो अफर प्रयोगकर्ताले *१४१५# डायल गरेर प्रयोगमा ल्याउन सक्नेछन्।

‘एड अन प्याक’ मा प्रयोगकर्ताले २८ दिन सम्म २८ जीबी डेटा २ सय ९९ रुपैयाँमा नै खरिद गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ।

प्रकाशित: २८ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार