गुगल पिक्सेल ६ सिरिजमा समस्या

  • Technology Khabar | २८ असार २०७९, मंगलवार
गुगल पिक्सेल ६ सिरिजमा समस्या

काठमाडौं ।

गुगल पिक्सेल ६ सिरिज स्मार्टफोनमा समस्या देखिएको छ।

गत वर्ष सार्वजनिक भएको गुगल पिक्सेल ६ र पिक्सेल ६ प्रोमा निरन्तर देखिने समस्याबाट प्रयोगकर्ता आजित बनेका छन्।

पिक्सेल ६ सिरिजका प्रयोगकर्ताहरुलाई उद्धृत गर्दै फोनको स्क्रिनमा कालो धब्बा देखिने समस्या आएको गिगचाइनाले उल्लेख गरेको छ।

पिक्सेल ६ प्रोका एक प्रयोगकर्ता ब्यू यूइनले फोनको स्क्रीनमा कालो धब्बा देखिएको र त्यो ठूलो हुँदै गइरहेको बताएका छन्।

यो समस्या फोन झरेर वा पानीमा डुबेर आएको नभएकाले फोनकै खराबीका कारण समस्या भएको भन्ने आशंका उत्पन्न भएको छ।

रिपोर्टका अनुसार केहीले कालो धब्बा फोनको फ्रन्ट क्यामरा वरिपरी देखिएको बताएका छन् भने केहीले फोनको माथिल्लो दायाँ कुनामा देखा पर्ने बताएका छन्।

केही प्रयोगकर्ताहरुले पिक्सेलमा ‘डेड स्क्रीन’ प्रयोग गरिएको आरोप लगाएका छन्। तर अहिलेसम्म यो समस्या हार्डवेयर वा सफ्टवेयरको कमजोरीले भएको भन्ने थाहा पाउन नसकिएको गिगचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: २८ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार