
काठमाडौं ।
२०७९ जेठ महिनामा मोबाइल बैकिङमार्फत् गरिएको कारोबार सङ्ख्या तथा रकममा वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकद्वारा हालै जारी २०७९ जेठ मसान्तसम्मको प्रतिवेदन अनुसार यो महिनासम्म मोबाइल बैकिङमार्फत् १ खर्ब २१ अर्ब ९६ करोड २० लाख रुपैयाँ बराबरको १ करोड ८० लाख २० हजार ४६० ओटा कारोबार भएका छन्।
कारोबार सङ्ख्या बढेसँगै यो अवधिमा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ।
अघिल्लो महिना अर्थात् २०७९ वैशाख मसान्तसम्म मोबाइल बैंकिङमार्फत् १ खर्ब १३ अर्ब ६२ करोड २० लाख रुपैयाँ बराबरको १ करोड ७७ लाख ९१ हजार १८ ओटा कारोबार भएको थियो।
यो आँकडालाई तुलनात्मक रुपमा हेर्दा २०७९ देखि वैशाख मसान्तसम्मको १ महिनाको अवधिमा मोबाइल बैंकिङमार्फत् हुने कारोबार रकम ८ अर्ब 34 करोड रुपैयाँले बढेको छ।
यस्तै सोही अवधिमा मोबाइल बैंकिङमार्फत् हुने कारोबार सङ्ख्या पनि उल्लेख्य अर्थात् २ लाख २९ हजार ४४२ ले बढेको पाइएको छ।
प्रकाशित: २८ असार २०७९, मंगलवार