स्पेसएक्सको बूस्टर रकेट परीक्षणका क्रममा विस्फोट

  • Technology Khabar | २८ असार २०७९, मंगलवार
स्पेसएक्सको बूस्टर रकेट परीक्षणका क्रममा विस्फोट

काठमाडौं ।

स्पेसएक्सले डेभलप गरेको बूस्टर रकेट ग्राउण्ड टेस्ट फायरिङका क्रममा आगलागी भएको छ।

कम्पनीको नेक्स्ट जेनेरेशन स्टारशिप अन्तरिक्षयानका लागि डेभलप गरिएको उक्त बूस्टर रकेट सोमबार टेक्ससमा परीक्षणका क्रममा आगलागी भएको हो।

‘यो राम्रो होइन। हाम्रो टोलीले यसबाट भएको क्षतिका बारेमा अध्ययन गरिरहेको छ’, मस्कले उक्त घटनापछि ट्विटरमा लेखेका छन्।

सुपर हेभी बूस्टर ७ को उक्त प्रोटोटाइप विस्फोट भएको घटनाको लाइभस्ट्रिम नासा स्पेसफ्लाइटको वेबसाइटमा राखिएको थियो।

उक्त घटनामा कुनै चोटपटक वा हताहती भएको पाइएको छैन।

उक्त विस्फोटमा रकेटको तलको भागमा आगो लागेको र धुवाँको मुस्लो उठेको र त्यसमा रहेको भिडियो क्यामरा नै हल्लिएको बताइएको छ। इन्जिन स्पिन स्टार्टको परीक्षणका क्रममा यस्तो घटना भएको हो।

घटनापछि उक्त बूस्टर सामान्य हिसाबले नै उभिएको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २८ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार