एप्पलद्वारा आईओएस १६ तथा आईप्याडओएस १६ का लागि पब्लिक बिटा प्रोग्राम उपलब्ध

  • Technology Khabar | २८ असार २०७९, मंगलवार
एप्पलद्वारा आईओएस १६ तथा आईप्याडओएस १६ का लागि पब्लिक बिटा प्रोग्राम उपलब्ध

काठमाडौं ।

एप्पलले आईओएस १६ तथा आईप्याडओएस १६ का लागि ओपन बिटा प्रोग्राम उपलब्ध गराएको छ।

कम्पनीले अघिल्लो महिना भएको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्सका बेला यी दुई अपरेटिङ सिस्टमका बारेमा पहिलोपटक जानकारी गराएकोमा हालसम्म केही डेभलपरहरुका लागि रिलिजपूर्वको बिल्ड उपलब्ध गराइरहेको छ।

पब्लिक बिटा प्रोग्राम आईओएस १६ तथा आईप्याडओएस १६मा उपलब्ध भइसकेकाले अब भने आउँदै गरेको रिलिज कार्यक्रमको परीक्षणमा सहभागी हुन सकिने भएको छ।

यो कार्यक्रमका लागि योग्य आईफोन र आईप्याड भएको अवस्थामा यो परीक्षणमा सहभागी हुन सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ। यसो गरेपछि यसको पब्लिक बिटा बिल्ड ओटीटीमार्फत् अपडेट हुनेछ।

प्रकाशित: २८ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार