पाल्पामा ई-पासपोर्ट वितरण सुरु

Technology Khabar २८ असार २०७९, मंगलवार

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रत्यक्ष रुपमा ई–पासपोर्ट वितरण सुरु गरेको छ । यसअघि अफलाइन फर्म भरेर पालो कुर्नुपर्ने समस्यालाई अन्त्य गर्दै प्रत्यक्ष रुपमा ई–पासपोर्ट वितरण गर्न थालिएको प्रशासनले जनाएको छ।

पछिल्लो समय विद्युतीय राहदानी बनाउन गरिने अग्रीम अनलाइन प्रणालीबाट धेरै सेवाग्राहीले समस्या खेप्दैआएको हुँदा आवश्यक कागजातसहित कार्यालयमा आउने सेवाग्राहीलाई सेवा दिन थालिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताईन् । सेवाग्राहीको चाहनाअनुसार सो सेवा सुरुवात गरिएको अधिकृत श्रेष्ठले बताईन्।

अबदेखि अनलाइन दर्ता सेवा बन्द भएको र प्रत्यक्ष सेवा प्रदान गरिएको प्रशासनले जनाएको छ । यसैबीच प्रत्यक्ष रुपमा अनलाइन सेवा दिन सुरु गरेको हुँदा चर्को मुल्य तिरेर अफलाइन फर्म भर्नुपर्ने बाध्यताबाट समेत सेवाग्राही मुक्त भएका छन् । यसअघि यहाँका व्यवसायीले अनलाइन सेवाको नाममा अनावश्यक रकम अशुल गरेर फर्म भर्दै आएका थिए ।

पछिल्लो समय बैदेशिक रोजगारीमा तथा अध्ययनका लागि तेस्रो मुलुकमा जानेको सङ्ख्यामा वृद्धि भएसँगै विद्युतीय राहदानी लिनेको सङ्ख्या उल्लेख्य वृद्धि भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। गोरखापत्रबाट

प्रकाशित: २८ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया