‘नथिङ वान’ स्मार्टफोन मंगलबार सार्वजनिक हुँदै

  • Technology Khabar | २७ असार २०७९, सोमबार
‘नथिङ वान’ स्मार्टफोन मंगलबार सार्वजनिक हुँदै

काठमाडौं ।

नथिङ ब्राण्डको पहिलो स्मार्टफोन नथिङ १ मंगलबार सार्वजनिक हुँदैछ।

‘नथिङ: रिटर्न टु इन्स्टिङ्क्ट’ कार्यक्रम मार्फत मंगलबार साँझ पौने ९ बजे उक्त डिभाइस सार्वजनिक हुन लागेको हो।

केही दिनअघि कम्पनीले ‘नथिङ वान’ को तस्बिर सार्वजनिक गरेको छ।

बीबीसीका अनुसार फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा उपलब्ध हुनेछ।

यसको बाहिरी कभर पारदर्शी देखिन्छ। कभरमा भित्रको वायरलेस चार्जिङ सपोर्ट गर्ने क्वाइल पनि प्रस्टै देख्न सकिन्छ।

तर मोबाइलको मूल्य अहिलेसम्म नखुलाएकाले सबैको चासोको विषय भएको बीबीसी हिन्दीले जनाएको छ।

डुअल ओआईएस र ईआईएस प्रविधि उपलब्ध गराइएको यो मोबाइल धेरै रंगहरू सहितको भिडियो रेकर्ड गर्न सक्नेछ।

प्रकाशित: २७ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...