दोस्रो त्रैमासमा टीएसएमसीको आम्दानी ५०० अर्ब ताइवानी डलरभन्दा बढी

  • Technology Khabar | २७ असार २०७९, सोमबार
दोस्रो त्रैमासमा टीएसएमसीको आम्दानी ५०० अर्ब ताइवानी डलरभन्दा बढी

काठमाडौं ।

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीको २०२२ को दोस्रो त्रैमासको आम्दानी ५०० अर्ब ताइवानी डलर नाघेको छ। यो रकम १६.८ अर्ब डलर बराबर हुन आउँछ।

रिपोर्ट अनुसार जुन महिनामा टीएसएमसीको आम्दानी ५ प्रतिशतले घटेर १७५.८७ अर्ब ताइवानी डलरमा आएको थियो भने दोस्रो त्रैमासको आम्दानी पहिलोको तुलनामा ८.८ प्रतिशत तथा अघिल्लो वर्षको सोही अवधिको तुनलामा ४३.५ प्रतिशतले बढेर ५३४.१ अर्ब ताइवानी डलर पुगेको छ।

टीएसएमसीले आफ्नो २०२२ को जुनसम्मको समग्र आम्दानी अघिल्लो वर्षको तुलनामा ३९.६  प्रतिशतले बढेर १.२५ ट्रिलियन ताइवानी डलर पुगेको पनि जनाएको छ।

कम्पनीले यसअघि दोस्रो त्रैमासको आम्दानी १७.६ देखि १८.२ अर्ब डलर पुग्ने आकलन गरेको थियो।

बजार विश्लेषकहरुका अनुसार ताइवनी डलर कमजोर हुनुले पनि यो अवधिमा टीएसएमसीको आदानी बढाउन मद्दत गरेको हुनुपर्छ।

उसले यो अवधिको खुद अन्तर अघिल्लो त्रैमासको ५५.६ प्रतिशतको तुलनामा केही बढी ५६ देखि ५८ प्रतिशत आकलन गरेको थियो।

प्रकाशित: २७ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...