नोकियाको ठूलो जीत, ओप्पो र वनप्लस फोन जर्मनीमा प्रतिबन्धित

  • Technology Khabar | २६ असार २०७९, आईतवार

काठमाडौं ।

नोकियाले चिनियाँ कम्पनी ओप्पोविरुद्ध केही समयअघि जर्मनीको एक अदालतमा मुद्दा दायर गरेको थियो। यो मामला पेटेन्ट उल्लङ्घन मुद्दासँग सम्बन्धित छ। भर्खरै, अदालतले यस मुद्दामा आफ्नो फैसला सुनाएको छ, जसमा नोकियाले ठूलो जीत हासिल गरेको छ।

अदालतले ओप्पोविरुद्ध फैसला गर्दै अब ओप्पो र वनप्लसका स्मार्टफोनमा जर्मनीभित्र प्रतिबन्ध लगाएको छ।

म्यानहाइम क्षेत्रीय अदालतले अब फोरजी/फाइभजी प्याटेन्ट उल्लङ्घन मुद्दामा नोकियाको हितमा निर्णय गर्दै जर्मनीमा ओप्पो र ओप्पोको भगिनी कम्पनी वनप्लसलाई प्रतिबन्ध लगाएको हो। यसको मतलब ओप्पो र वनप्लसका डिभाइसहरू अब जर्मनीमा खरिदका लागि उपलब्ध हुने छैनन्।

नोकियाले चिनियाँ कम्पनी ओप्पोविरुद्ध केही समयअघि अदालतमा मुद्दा दायर गरेको थियो। यो मामला पेटेन्ट उल्लङ्घन मुद्दासँग सम्बन्धित छ। भर्खरै, अदालतले यस मुद्दामा आफ्नो फैसला सुनाएको छ, जसमा नोकियाले ठूलो जीत हासिल गरेको छ। अदालतले ओप्पोविरुद्ध फैसला गर्दै अब ओप्पो र वनप्लसका स्मार्टफोनमा प्रतिबन्ध लगाएको छ।

२०२१ मा, फिनल्याण्डको स्मार्टफोन ब्रान्ड नोकियाले ओप्पो विरुद्ध पेटेन्ट उल्लंघनको मुद्दा दायर गरेको थियो। नोकिया कम्पनीले अन्य कम्पनीहरूलाई प्याटेन्ट प्रयोग गर्न इजाजतपत्र जारी गर्दछ। यी इजाजतपत्रहरू छोटो समयका लागि मात्र मान्य भए पनि त्यसका लागि कम्पनीहरूले समय समयमा लाइसेन्स नवीकरण गर्नुपर्ने हुन्छ।

यस्तै एउटा लाइसेन्स नोकियाले सन् २०१८ मा ओप्पोलाई जारी गरेको थियो। नोकियाले सन् २०१८ मा ओप्पोलाई जारी गरेको इजाजतपत्रको म्याद सन् २०२१ को जूनमा सकिँदै थियो।

नोकियाले ओप्पोले लामो समयदेखि यो लाइसेन्स नवीकरण नगरेको आरोप लगाएको थियो। कम्पनीले लाइसेन्स नवीकरण नगरी नोकियाको प्याटेन्ट प्रयोग गरिरहेको बताएको छ। यसपछि नोकियाले अदालत पुग्यो।

यदि केही समाचार रिपोर्टहरू विश्वास गर्ने हो भने, ओप्पोले नोकिया कम्पनीको यूआई/यूएक्स र सुरक्षा सुविधाहरू जस्तै मानक आवश्यक प्याटेन्ट (एसईपीज) र गैर एसईपीज बिना लाइसेन्स प्रयोग गरिरहेको छ।

प्रकाशित: २६ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया