काठमाडौं ।
एडीएमएसले नयाँ इलेक्ट्रिक मोटरसाइकल एडीएमएस बक्सर सार्वजनिक गरेको छ।
भारतको कर्नाटक बेलागाम स्थित इलेक्ट्रिक सवारी निर्माता एडीएमएसले बैंगलोरमा आयोजित ग्रीन भेहिकल एक्सपोको तेस्रो संस्करणमा आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकल एडीएमएस बक्सर सार्वजनिक गरेको हो।
एडीएमएसको बक्सर इलेक्ट्रिक मोटरसाइकको डिजाइन हिरो स्प्लेन्डर जस्तै भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
१४० किलोमिटर रेञ्ज
एडीएमएस बक्सरको मूल्य १ लाख २५ हजार भारु एक्स शोरुम तोकिएको छ। उक्त मोटरसाइकलमा ३ राईडिङ मोडका साथ रिभर्स मोड पनि दिइएको छ। कम्पनीले एडीएमएस बक्सरले सिंगल चार्जमा १४० किलोमिटरको रेञ्ज दिने दावी गरेको छ।
इलेक्ट्रिक मोटरसाइकलमा लिथियम आयन ब्याट्री दिइएको छ। कम्पनीले मोटरसाइकलको बारेमा धेरै जानकारी बाहिर ल्याएको छैन।
डिजाइन
एडीएमएस बक्सरको डिजाइन हिरो स्प्लेन्डरकै समान छ। हिरो स्प्लेन्डरको जस्तै वर्ग आकार हेडलाइट, टेल ल्याम्प, टर्न इन्डिकेटर, सिट र लेगगार्ड दिइएको छ। यो मोटरसाइकल झट्ट हेर्दा हिरो स्प्लेन्डर जस्तै देखिन्छ।
मोटरसाइकलको इन्जिन कम्पार्टमेन्टमा ठूलो ब्याट्री दिइएको छ जसलाई सेतो कभरले छोपिएको छ।
उक्त मोटरसाइकलको सस्पेन्सर सेटअप र इन्टु«मेन्टर क्लस्टर पनि स्प्लेन्डरसँग मिल्दो जुल्दो छ। यो इलेक्ट्रिक मोटरसाइकल भएकाले एडीएमएस बक्सरमा केही यूनिक फिचर पनि दिइएको छ। जसमा फरक फरक ह्याडलबार डिजाइन र पोजिशनिङ, क्रोम–टिप्ड ग्रिप्स र यूनिक स्विच क्यूब छ।
मोटरसाइकलको इन्टु«मेन्ट क्लस्टरमा फ्यूल गेजकै जस्तै ब्याट्र इन्डिकेटर दिइएको छ। यसमा यूएसबी चार्जिङ पोर्ट पनि दिइएको छ। दोब्रे तर्फको इन्टु«मेन्ट पोडमा स्प्लेन्डरको जस्तै स्पीड मिटर दिइएको छ र भित्रको ग्राफिक्स भने फरक छ। मोटरसाइकलमा डिजिटल इन्टु«मेन्ट क्लस्टर तथा डिस्प्ले दिइएको छैन।
मोटरसाइकलमा फ्यूल क्यापको स्थानमा चार्जिङ सकेट दिइएको छ। कम्पनीले हालसम्म ब्याट्रको पावर, टर्क, फिचर र वारेन्टीको बारेमा जानकारी नदिएको ड्राइभ स्पार्कले उल्लेख गरेको छ।
प्रकाशित: २६ असार २०७९, आईतवार