स्न्यापको सुरक्षाको जिम्मा अमेरिकी सिक्रेट सर्भिसका पूर्व निर्देशकलाई

  • Technology Khabar | २४ असार २०७९, शुक्रबार
स्न्यापको सुरक्षाको जिम्मा अमेरिकी सिक्रेट सर्भिसका पूर्व निर्देशकलाई

काठमाडौं ।

स्न्याप इंकले कम्पनीको सुरक्षाको नेतृत्व गर्न अमेरिकी गोप्य सेवाका निवर्तमान निर्देशकलाई जिम्मा दिएको बताएको छ।

अमेरिकी सिक्रेट सर्भिसका निर्देशक जेम्स मुरे, संघीय सेवाबाट अवकाश लिएपछि सामाजिक सञ्जाल कम्पनी स्न्याप इंकको मुख्य सुरक्षा अधिकारीको रूपमा सामेल हुँदैछन्।

स्न्यापका प्रवक्ताले बिहीबार सो जानकारी दिएका हुन्।

यसअघि बिहीबार एक विज्ञप्ति जारी गर्दै सिक्रेट सर्भिसले मुरेको सन्यासको घोषणा गरेको थियो।

‘उनले अगस्ट १ मा स्न्यापसँग आफ्नो नयाँ भूमिका सुरु गर्नेछन् र सिधै प्रमुख कार्यकारी अधिकृत इभान स्पिगललाई रिपोर्ट गर्नेछ,’ कम्पनीका प्रवक्ताले भने।

प्रकाशित: २४ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार