गुगल म्याप्सका ४ फिचर जस्ले बनाउने छ तपाईँको यात्रा थप सहज

  • Technology Khabar | २४ असार २०७९, शुक्रबार
गुगल म्याप्सका ४ फिचर जस्ले बनाउने छ तपाईँको यात्रा थप सहज

काठमाडौं ।

इन्टरनेटको पहुँच बढेसँगै मानिसको जीवन धेरै सहज भइरहेको छ।

इन्टरनेटको पहुँच सहज नहुँदासम्म कुनै पनि नयाँ ठाउँमा जानका लागि अन्य व्यक्तिको सहयोग लिएर मात्रै गन्तव्यसँग पुग्न सकिन्थ्यो।

अहिले हामी प्रविधिको सहयोगबाटै आफ्नो गन्तव्यसँग पुग्न सक्छौं। यसका लागि हामीसँग गुगल म्याप्स रहेको छ। गुगल म्याप्सको प्रयोगबाट सहजै आफू जान खोजेको स्थानमा पुग्न सक्छौं। गुगल म्याप्समा रहेको केही फिचर प्रयोग गर्न सकियो भने हाम्रो यात्रा थप सहज र सरल हुनेछ।

यस्ता छन् गुगल म्यापका केही महत्वपूर्ण फिचर

एक भन्दा धेरै लोकेसन जोड्न सकिन्छ

गुगले आफ्नो प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्न काम गरिरहेको हुन्छ। गुगलले आफ्नो म्याप्समा स्टोपेज एड फिचर राखेको छ। जसको मद्दतले प्रयोगकर्ताले एकै पटक धेरै लोकेसन जोड्न सक्छन्। गुगल म्याप्समा अधिकतम ९ स्टप जोड्न सकिन्छ।

टोल ट्याक्सको जानकारी

गुगल म्याप्समा टोल ट्याक्सको जानकारी दिनका लागि नयाँ फिचर दिइएको छ। यसबाट आफूले हाइवेमा यात्रा गर्दा कति स्थानमा टोल ट्याक्स तिर्नुपर्छ भन्ने जानकारी पाउन सकिन्छ।

पेट्रोल पम्प र एटीएमको जानकारी

यदि तपाई कुनै लामो यात्रा गर्दै हुनुहुन्छ भने यात्राको दौरान पेट्रोल तथा इन्धनको आवश्यक पर्छ। गुगल म्याप्सबाट पेट्रोल पम्पको पनि जानकारी पाउन सकिन्छ।

ट्राफिक जामको जानकारी

कार्यालय समयमा यात्रा गर्दा ट्राफिक जाममा अड्किनु पर्ने हुन्छ। यसले गर्दा धेरै समय जाममै बेतित हुने गर्छ। गुगल म्याप्सको मद्दतबाट सडकमा कतिको ट्राफिक जाम छ भनेर जान्न सकिन्छ।

बाक्लो ट्राफिक जाम भएको पहिलै थाहा पाइयो भने केही समय कुरेर यात्रा गर्न सकिन्छ भने अन्य वैकल्पिक सडकको पनि प्रयोग गर्न सकिन्छ।

प्रकाशित: २४ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार