
काठमाडौं ।
मधेश प्रदेशमा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता १६ लाख १० हजार ८३३ रहेका छन् ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अर्ध–वार्षिक प्रतिवेदन अनुसार मोबाईल बैंकिङ्ग प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा ६२ लाख ५९ हजार ९२५ रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४ लाख ८३ हजार ८१ रहेको छ।
इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा ९ लाख ३९ हजार ६६३ र सबैभन्दा कम कर्णाली प्रदेशमा ९ हजार ९६८ रहेको छ ।
डेबिड कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या सबैभन्दा बढी बागमती
प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: २३ असार २०७९, बिहीबार