टेस्लाले बर्खास्त गरेका कर्मचारीलाई अन्य टेक कम्पनीमा जागिर खाना टेस्लाको अनुभव काफी

  • Technology Khabar | २४ असार २०७९, शुक्रबार
टेस्लाले बर्खास्त गरेका कर्मचारीलाई अन्य टेक कम्पनीमा जागिर खाना टेस्लाको अनुभव काफी
फाइल तस्बिर

काठमाडौं ।

टेस्लाले आफ्नो ३.५ प्रतिशत कर्मचारी कटौती गर्दैछ। धेरजसो टेस्लाका भूतपूर्व कर्मचारीलाई नयाँ जागिर खोज्नु पर्ने चिन्ता नरहेको गिजचाइनाले उल्लेख गरेको छ।

पङ्क्स र पिनस्ट्राइपका अनुसार एप्पल, अमेजन र गुगल जस्ता प्रमुख प्राविधिक कम्पनीहरुले टेस्लाका दर्जनौं पूर्व प्रतिभालाई रोजगारी प्रदान गरिरहेका छन्।

उल्लेखित प्राविधिक कम्पनीहरू बाहेक, धेरै कर्मचारीहरू अन्य विद्युतीय सवारी कम्पनीहरूमा काम गरिरहेका छन्। गिजचाइनाका अनुसार टेस्लाका ९० पूर्व कर्मचारीले इलेक्ट्रिक कार निर्माता कम्पनी रिभियन र लुसिड माटर्समा काम गरिरहेका छन्।

यस्तै, जनरल मोटर्स र फोर्ड लगायतका परम्परागत अटोमेकरहरुमा जम्मा ८ जना टेस्लाका पूर्व कर्मचारीले रोजगारी पाएका छन्। इलेक्ट्रिक सवारी ब्याट्री रिसाइक्लिङ कम्पनी रेडवुड मटिरिएल्स र अमेजन समर्थित सेल्फ ड्राइभिङ कम्पनी जुक्सले पनि टेस्लाका केही कर्मचारी राखेका छन्।

टेस्लाका १०० भन्दा बढी पूर्व कर्मचारी अमेजन र एप्पलमा सामेल भएका छन्। एप्पलले विगतमा पनि टेस्लाको शीर्ष तहमा काम गरिरहेका व्यक्तिलाई रोजगारी दिइरहेको छ।

एक वर्ष अघि क्युपर्टिनोमा आधिारित एप्पलको ‘प्रोजेक्ट टाइटन’ नामको कार प्रोजेक्ट कोड विकास गरिएको थियो। त्यसमा टेस्लाको अटोनोमस ड्राइभिङ सिस्टम अटोपाइलटका पूर्व डाइरेक्टर क्रिस्टोफर मूरलाई नियुक्त गरिएको थियो।

प्रकाशित: २४ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...
Desktop Popup ImageMobile Popup Image×