स्मार्टफोनको चिप उत्पादनमा दुई कम्पनीको आधिपत्य, बाँकीको हिस्सा ०.१ प्रतिशत

  • Technology Khabar | २४ असार २०७९, शुक्रबार
स्मार्टफोनको चिप उत्पादनमा दुई कम्पनीको आधिपत्य, बाँकीको हिस्सा ०.१ प्रतिशत

काठमाडौं ।

विश्वका लगभग सबै स्मार्टफोन उत्पादक चिपका लागि दुई कम्पनीमा निर्भर रहेको पाइएको छ।

काउन्टर प्वाइन टेक्नोलोजी मार्केट रिसर्चले यस वर्षको पहिलो त्रैमासिक स्मार्टफोन उपकरणहरुको लागि माइक्रोचिप्सको उत्पादनको लागि विश्वव्यापी बजारका सम्बन्धमा प्रकाशित अध्ययन नतिजाले उक्त कुरा देखाएको गिजचाइनाले उल्लेख गरेको छ।

उक्त रिपोर्टमा स्मार्टफोनमा प्रयोग हुने चिपको ९९.९ प्रतिशत हिस्सा टीएसएमसी र सामसङले ओगटेका छन्। जसमा टीएसएमसीको ६९.९ प्रतिशत, सामसङको ३० प्रतिशत र अन्य कम्पनीको ०.१ प्रतिशत हिस्सा रहेको छ।

काउन्टर प्वाइन्टले ‘सिस्टम अन ए चिप’ (एसओसी), फरक एप्लिकेसन प्रोसेसर र व्यक्तिगत मोडेमहरुको आधारमा उक्त रिपोर्ट सार्वजनिक गरेको हो।

चिपका लागि धेरै स्मार्टफोन उत्पादक टीएसएमसीमा निर्भर देखिन्छन्।

सन् २०२२ को जनवरीदेखि मार्चसम्मको अवधिमा चिपको ढुवानी केही घटेको देखिन्छ। गत वर्षको सोही अवधिको तुलनामा चिपको ढुवानीमा ५ प्रतिशतले कमी आएको हो।

यद्यपि कारोबार रकमको आधारमा हेर्ने भने २३ प्रतिशतको वृद्धि देखिन्छ। मूल्य वृद्धि र महँगो उपकरणको बढ्दो मागका कारण कारोबार रकम भने वृद्धि भएको हो।

४ र ५ न्यानोमिटरको मापदण्डमा उन्नत प्रविधि प्रयोग गरी उत्पादित उत्पादनमा भने सामसङण् अग्र स्थानमा छ। यस्तो उपकरणमा सामसङको हिस्सा ६० प्रतिशत र बाँकी ४० प्रतिशत टीएसएमसीले लिएको छ।

प्रकाशित: २४ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार