नबिल र नेपाल बङ्गलादेश बैंकको सफ्टवेयर समायोजन शुक्रबारदेखि गरिने, तीन दिन सेवा बन्द

  • Technology Khabar | २३ असार २०७९, बिहीबार
नबिल र नेपाल बङ्गलादेश बैंकको सफ्टवेयर समायोजन शुक्रबारदेखि गरिने, तीन दिन सेवा बन्द

काठमाडौं ।

नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ती गरी असार २७ गते सोमबारबाट एकिकृत वित्तिय कारोबार सञ्चालन गर्दैछ।

यस समयमा नबिल बैंकले प्राप्ती प्रक्रियाका क्रममा नबिल बैंक र नेपाल बङ्गलादेश बैंकका सफ्ट्वेयर समायोजनका क्रममा बैंकिङ सेवा र कारोबार बन्द रहने भएको छ।

दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि नबिल बैंक र नेपाल बंगलादेश बैंकको बैंकिङ सेवा र कारोबार बन्द रहने दुवै बैंकले जानकारी गराएका छन्।

नबिल बैंककाअनुसार शुक्रबार बेलुका कार्यालय समयपछि २७ गते सोमबारसम्म सबै सेवाहरु बन्द हुने भएका हुन्। सो अवधिमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने संचालनमा रहने जनाएको छ।

नेपाल बङ्गलादेश बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुले २७ गतेबाट नबिल बैंक लिमिटेडको प्रादेशिक शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्ने बैंकले जनाएको छ।

प्रकाशित: २३ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...