कामना सेवा विकास बैंकको केएस डिजी वर्ल्ड सेवा, अब अधिकांश काम अनलाइनबाटै

  • Technology Khabar | २३ असार २०७९, बिहीबार
कामना सेवा विकास बैंकको केएस डिजी वर्ल्ड सेवा, अब अधिकांश काम अनलाइनबाटै

काठमाडौं ।

कामना सेवा विकास बैंकले अनलाईन पोर्टल केएस डिजी वर्ल्ड सार्वजनिक गरेको छ। ग्राहकलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले बैंकले सेवा संचालनमा ल्याएको जनाएको छ।

यो सेवा लागू भएसँगै बैंकका ग्राहकहरुले बैंकको वेबसाईट वा मोबाईल एप मार्फत अथवा digiworld.kamanasewabank.com  मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन्।

केएस डिजी वर्ल्डमा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोसेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध रहेको बैंकले उल्लेख गरेको छ।

साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको जनाएको छ।

प्रकाशित: २३ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार