पब्जी मोबाइल नेपाल सिरिज २०२२ हुने

  • Technology Khabar | २३ असार २०७९, बिहीबार
पब्जी मोबाइल नेपाल सिरिज २०२२ हुने

काठमाडौं ।

पब्जी मोबाइलले नेपालमा पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ। पब्जी मोबाइल इस्पोर्ट साउथ एसियाले ‘पब्जी मोबाइल नेपाल सिरिज २०२२ आयोजना’ गर्ने भएको हो।

यो प्रतियोगितामा नेपाली खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन्। पब्जी मोबाइलले विभिन्न देशमा यस्तै प्रक्रियोगिता आयोजना गर्दै आइरहेको छ। पब्जी मोबाइले आफ्नो प्राथमिकतामा परेका राष्ट्रहरुका लागि छुट्टै प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।

पब्जी मोबाइलले प्रतियोगिताको मिति भने तय गरिसकेको छैन।

प्रकाशित: २३ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार