
काठमाडौं ।
सेमिकन्डक्टर निर्माताहरुको मुख्य आपूर्तिकर्ता एएसएमएल होल्डिङको शेयर मूल्यमा गिरावट आएको छ।
हालै ब्लूमबर्ग न्यूजले अमेरिकी सरकारले चीनलाई उपकरण बिक्री गर्न उक्त कम्पनीलाई रोक लगाएको समाचार छापेपछि शेयर मूल्यमा गिरावट आएको रोयटर्सले उल्लेख गरेको छ।
एएसएमएलले आफ्ना अत्याधुनिक उपकरणहरु चीनमा निर्यात गर्न यसअघि नै नसकिरहेको अवस्थामा केही पुराना उपकरणहरु निर्यातमा पनि रोक लगाउन लागेको यस मामिलासँग जानकार व्यक्तिले जनाएका छन्।
एएसएमएलका प्रवक्ताले कम्पनीको नीति परिवर्तनबारे आफूलाई जानकारी नभएको बताए।
‘यो विवाद नयाँ होइन’, उनले भने, ‘यसमा कुनै निर्णय भइसकेको छैन र हामी हल्लामा सुनिएका कुरामा टिप्पणी गर्न चाहँदैनौं।’
उक्त रिपोर्ट आइसकेपछि एएसएमएलको अमेरिकाको शेयर ७.२ प्रतिशतले खस्केको थियो।
प्रकाशित: २३ असार २०७९, बिहीबार