टिकटकले यूरोप र अमेरिकामा लाइभ ब्रोडकास्ट परियोजना बन्द गर्ने

  • Technology Khabar | २३ असार २०७९, बिहीबार
टिकटकले यूरोप र अमेरिकामा लाइभ ब्रोडकास्ट परियोजना बन्द गर्ने

काठमाडौं ।

टिकटकले यूरोप र अमेरिकामा लाइभ ब्रोडकास्ट परियोजना बन्द गर्ने भएको छ।

शुरुवाती परीक्षण असफल भएपछि यी क्षेत्रमा उक्त परियोजना नल्याउने भएको हो।

रिपोर्टहरुका अनुसार टिकटकले बेलायतमा यसै वर्षको शुरुवातदेखि लाइभस्ट्रिमिङ सेवाको परीक्षण गर्दै आएको छ। यसका लागि कम्पनीले गत वर्षको डिसेम्बरमा ‘अन ट्रेण्ड’ नामक मल्टि-ब्राण्ढ अभियान अनावरण गरेको थियो।

तर यी लाइभस्ट्रिमिङ इभेन्टहरुले धेरै दर्शकशरु तान्न नसकेका र यससम्बन्धी सामग्रीको व्यापार पनि सोचेअनुसारको नभएपछि उक्त परियोजना बन्द गरिने भएको हो।

यसबाहेक टिकटकको शुरुवाती लाइभस्ट्रिमिङ परियोजनामा रहेका केही उद्घोषकहरुले पूर्ण रुपमा हात झिकिसकेका छन्।

यसअघि टिकटकले शुरुमा जर्मनी, फ्रान्स, इटली तथा स्पेन लगायतका यूरोपेली देशहरुमा लाइभस्ट्रिमिङ परियोजना ल्याएर यो वर्षमात्र अमेरिकामा सार्वजनिक गर्ने योजना बनाएको थियो।

प्रकाशित: २३ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार