
काठमाडौं ।
रुसमा ग्याजेड तथा घरायसी उपकरणमा चिनियाँ ब्राण्डको आधिपत्य कायम हुने देखिएको छ। पश्मिमी ब्राण्डहरु एप्पल, सामसङ, डीजेआई एरिक्सन लगायतले रुपमा फोन, ट्याबलेट, ल्यापटप र घरायसी उपकरण बिक्री नगर्ने निर्णय लिएसँगै चिनियाँ ब्राण्डको अधिपत्य कायम हुने देखिएको छ।
रुसमा करिब ९० प्रतिशत बजार चिनियाँ ब्राण्डले लिने सम्भावना रहेको गिज्मोचाइनाले उल्लेख गरेको छ।
रुस-यूक्रेन युद्धका कारण अमेरिका र यूरोपियली मुलुकहरुले रसियामा प्रतिबन्ध लगाएका छन्। जसको प्रभाव स्वरुप रुसमा स्मार्टफोन र टेक परिदुश्यमा उल्लेखनिय परिवर्तन भएको छ।
जसले गर्दा रुसमा चिनियाँ ब्राण्डको बिक्री चुलिएको छ। सन् २०२२ को पहिलो क्वाटरमा रुसमा बिक्री हुने स्मार्टफोनमध्येमा शीर्ष ७ मा चिनियाँ ब्राण्ड छन्। रियलमी, भिभो, शाओमी, टेक्नो, इन्फिनिक्स, आईटेल र नोकिया रहेका छन्।
टेक्नो, इन्फिनिक्स, रियलमी र शोओमीका उपकरणको बिक्री सन् २०२२ मा वार्षिक बिक्री दर सत प्रतिशतभन्दा माथि पुगेको छ।
सन् २०२१ मा रुसमा रियलमीले ४ लाख ९८ हजार यूनिट स्मार्टफोन बिक्री गरेको थियो। यो वर्ष रियलमीको बिक्री ११ लाख यूनिटभन्दा धेरै पुगिसकेको छ।
पोकोको १६ प्रतिशत नोकियाको ४० प्रतिशतले वार्षिक बिक्री दर बढेको छ। एप्पलको १४ प्रतिशत र सामसङको १५ प्रतिशतले वार्षिक बिक्री दर घटेको छ।
पछिल्लो दुई महिनामो टेक्नोको बिक्री दर २० गुणाले बढेको छ। यस्तै डिगमा इलेक्ट्रोनिक्सको बिक्री ८ गुणाले बढेको छ। चालु आवको पहिलो क्वाटरमा चिनियाँ आईटी ब्राण्डको बजार हिस्सा अघिल्ला दुई वर्षको भन्दा धेरै भइसकेको छ।
प्रकाशित: २२ असार २०७९, बुधबार