विद्युतीय राहदानी फाराम निःशुल्क भरिदिने

  • Technology Khabar | २१ असार २०७९, मंगलवार
विद्युतीय राहदानी फाराम निःशुल्क भरिदिने

काठमाडौं ।

नवलपरासी जिल्ला प्रशासन कार्यालयले विद्युतीय राहदानी लिनका लागि आवश्यक पर्ने फाराम निःशुल्क भरिदिने व्यवस्था मिलाएको छ।

बाहिरी बजारमा व्यापारीहरूले जथाभावी रूपमा रकम उठाउन थालेपछि सेवाग्राहीको सुविधाका लागि प्रशासन कार्यालयले नै राहदानीको फाराम निःशुल्क भरिदिने व्यवस्था मिलाएको अधिकृत मनोज लामिछानेले बताए।

विद्युतीय राहदानी लिन पहिला अनलाइनमा फाराम भर्नुपर्छ। उक्त फाराम बाहिर भर्दा व्यवसायीले मनोमानी शुल्क लिएको गुनासो सेवाग्राहीको छ।

प्रशासन कार्यालयले तीन कर्मचारी थप गरी असार १ बाट राहदानीको फाराम निःशुल्क भर्न सुरु गरेको हो। गोरखापत्रबाट

प्रकाशित: २१ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार