देशभित्रै उच्च प्राविधिक तथा वैज्ञानिकहरु उत्पादन गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

  • Technology Khabar | २० असार २०७९, सोमबार
देशभित्रै उच्च प्राविधिक तथा वैज्ञानिकहरु उत्पादन गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

काठमाडौं ।

देशमा आवश्यक पर्ने उच्च प्राविधिक तथा वैज्ञानिकहरु उत्पादन गर्ने उद्देश्यका साथ सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय गठन गर्ने भएको छ।

संघिय संसदको प्रतिनिधि सभाले सोमबार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय गठन ऐन पारित गरेसँगै नयाँ ज्ञान र प्रविधि सृजना गर्ने, मौजुदा ज्ञान र प्रविधिलाई स्थानीय परिवेन अनुकूल बनाउन सरकारलाई बाटो खुलेको हो।

ऐन पारित भएसँगै अब सो विश्वविद्यालयले विज्ञान तथा प्रविधि र इन्जिनियरिङ्गको क्षेत्रमा अध्ययन/अध्यापन तथा अनुसन्धान गराउन पाउने भएको हो।

यो ऐन २०७६ साउन १२ गतेदेखि संसदमा रहेको थियो।

प्रकाशित: २० असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार