
काठमाडौं ।
फिफा विश्वकप २०२२ मा अपडेटेड भीएआर (भिडियो असिस्टेन्ट रेफ्री) सिस्टम ‘सेमी अटोमेटेड अफसाइड टेक्नोलोजी’ (एसएओटी) प्रयोग हुने भएको भएको छ।
एसएओटीले सन् २०१८ को रुस विश्वकपबाट प्रयोगमा ल्याएको भीएआर सिस्टमलाई प्रतिस्थापन गर्नेछ।
यो कुराको पुष्टि फिफाले जूलाई १ मा गरेको इनग्याजेडले उल्लेख गरेको छ।
नयाँ सिस्टमका लागि स्टेडियममा १२ वटा क्यामरा जडान गरिनेछ। उक्त क्यामराले बल र प्रत्येक खेलाडीसहित हात र खुट्टाको २९ फरक डाटा संकलन गर्नेछ।
खेल अघि प्रत्यक बल माथि मोसन सेन्सर राखिनेछ। खेल शुरु भएका समयमा खेलाडीको स्थितिको प्रत्यक्ष डाटा लिनेछ।
एसएओएटीले अफसाइट कलहरुमा छिटो र अधिक सही निर्णय गर्न म्याच अधिकारीहरुलाई मद्दत गर्ने फिफाले विश्वास लिएको छ।
इएसपीएनका अनुसार नयाँ प्रविधिले भीएआरअफसाइड निर्णय लिन २५ देखि ७० सेकेण्ड लाग्ने छ। पुरानो भीएआर सिस्टमामा अफलाइन लाइन म्यानुअली कोरेर किक प्वाइन्ट क्वालकुलेटिङ गर्नु पर्छ।
एसएओटीले बल र क्यामराबाट लिम्ब ट्रयाकिङ गरे अफसाइड लाइन र किक प्वाइन सेकेण्डमै सेलेक्ट गर्ने फिफाले दावी गरेको छ। त्यसपछि मानव अधिकारीहरुले म्यानुअल रुपमा प्रत्येक निर्णय लिनेछन्।
प्रत्येक निर्णयपछि अफसाइडको थ्रीडी एनिमेसन दर्शकहरुलाई देखाइने छ।
कतार विश्वकप अघि गत वर्ष कतारमा आयोजित अरब कपमा एसएओटीको आधारभूत संस्करण ट्रायलको रुपमा प्रयोग गरिएको छ।
यस्तोमा विश्व कप जस्तो महत्वपूर्ण प्रतियोगितामा नयाँ भर्चुअल रेफ्री प्रणाली डेब्यु गर्नु जोखिमपूर्ण देखिन्छ।
प्रकाशित: २० असार २०७९, सोमबार