बजेट बनाउने समयको सीसीटीभी फुटेज मेटिएको अर्थ मन्त्रालयको दाबी

  • Technology Khabar | १९ असार २०७९, आईतवार
बजेट बनाउने समयको सीसीटीभी फुटेज मेटिएको अर्थ मन्त्रालयको दाबी

काठमाडौं ।

अर्थ मन्त्रालयले बजेट निर्माणको समय अवधिको सीसीटीभी फुटेज मेटिएको जानकारी दिएको छ। मन्त्रालयले उपभोक्ता हित संरक्षण मञ्चलाई १३ दिनसम्मको मात्रै सीटीटीभी फुटेर सुरक्षित रहने भन्दै बजेट निर्माणको अवधिको फुटेज मेटिएको जानकारी दिएको हो।

यसअघि मञ्चले सूचनाको हक अन्तरगत २०७८ भदौ २४ गते बेलुका ११ बजेदेखि २५ गते बिहान ६ बजेसम्म र २०७९ जेठ १४ गते बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गर्दै मन्त्रालयमा निवेदन दिएको थियो।

मन्त्रालयले सोही निवेदनअनुसारको सूचना दिँदै सीसीटीभी फुटेजको अभिलेख रहने क्षमता बढीमा १३ दिनसम्मको मात्र रहेको जनाएको हो।जसअनुसार बजेट निर्माणको क्रमको सीसीटीभी फुटेज मेटिएको जवाफ मञ्चलाई दिएको छ।

मन्त्रालयले बजेट बनाउँदा करका दरहरु अनधिकृतरुपमा हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लाग्दै आएको छ। सोही विवादित विषयमा मन्त्रालयसँग सो अवधिको सीसीटीभी फुटेज माग गरिएको थियो।

प्रकाशित: १९ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...