काठमाडौं ।
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले “फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ“ अभियान सुरु गरेको छ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपे मार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर–बैंक कारोबार मार्फत् रकम पठाउन सकिन्छ।
नेपाल राष्ट्र बैंकबाट नेपालको पहिलो अनुमति प्राप्त पेमेन्ट सिस्टम अपरेटर तथा डाइभर्सिफाइड डिजिटल फाइनान्सियल सर्भिस (डिएफएस) होल्डिङ्ग कम्पनी फोनपेले निरन्तररुपमा रूपमा डिजिटलाइजेसनको वृहत् पहुँचलाई आत्मसाथ गर्दै मानव जीवनलाई र सहज बनाउने किसिमका सेवा सञ्चालन गर्दै आएको छ।
प्रविधि–सञ्चालित तथा ग्राहक–केन्द्रित दृष्टिकोणबाट वित्तीय सेवाहरूलाई सरल, पहुँचयोग्य र किफायती बनाउँदै फोनपेले निरन्तर रूपमा दुई पक्षहरूबीचको वित्तीय कारोबारलाई सरल र सहज बनाउन थप परिष्कृत तरिकाहरू उपलब्ध गराउँदै आएको छ।
फोनपे डाइरेक्ट फोनपेको डिजिटल कारोबारको इकोसिस्टम अन्तर्गतको अर्को नवीन सेवा हो। यहाँ मोबाइल बैंकिङ्ग एपको मार्फत् सहज एवं सुरक्षित रुपमा मोबाइल बैंकिङ एपमार्फत रकम भुक्तानी एवं रकम प्राप्त गर्न सकिन्छ। पैसा पठाउनको लागि पैसा पठाउने व्यक्तिले आफ्नो मोबाइल बैंकिङ्ग एप लगइन गर्नु पर्दछ।
लगइन गरेपछि सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्टलाई छनौट गरी पठाउन चाहेको रकम, प्राप्त गर्ने व्यक्तिको खाता भएको बैंकको नाम तथा खातामा लिंक भएको मोबाईल नम्बर राखेर पठाउन सकिन्छ।
यो “पैसा पठाऔं ठाउँको ठाउँ” अभियानले यसको बृहत् फिनटेक नेटवर्क मार्फत रकम स्थानान्तरणलाई सहज एवं सुव्यवस्थित गर्न सक्ने अपेक्षा कम्पनीको रहेको छ। पैसा पठाउन वा अन्य कुनै पनि भुक्तानी गर्न अपनाइने परम्परागत जटिलतालाई यसले कम गर्ने कम्पनीले जनाएको छ।
प्रकाशित: १९ असार २०७९, आईतवार